माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि
काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज (सोमबार) पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।
बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामो बिहान ११ बजेदेखि शुरु हुदैछ । सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै यसमा मिसिएका दुई दल (एमाले र माओवादी केन्द्र) ब्युताइँदिएपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक हिजो आइतबार बसेको हो । त्यही बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
हिजोको बैठकको निर्णयअनुसार ओली सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता आउन तथा गृहमन्त्री बादलसहित एमालेमा लागेका नेताहरूलाई स्पष्टीकरण दिन निर्देशन दिँदै माओवादी केन्द्रले पत्राचार गरेको छ ।
यस्तै पार्टीको नाम फेरेर नेपाली कम्युनिष्ट पार्टी राख्नेलगायत ६ प्रस्ताव बैठकमा प्रस्तुत भएको केन्द्रीय सदस्य पोखरेलले जानकारी दिए । हिजोको बैठकमा प्रदेश–१ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ शाह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।
यस्तै अध्यक्ष प्रचण्डले पार्टीको नाम फेर्न गरेको प्रस्तावको अधिकांश केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले हतारमा पार्टीको नाम फेर्न नहुने सुझाव दिएको नेताहरुले बताएका छन् ।
आजको बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply