को–को नेता सहभागी छन् धुम्वाराही वार्तामा ?
काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन केपी शर्मा ओली र माधव नेपाल दुवै समूहबीच अहिले पार्टी कार्यालय धुम्वाराहीमा बैठक बसिरहेको छ । ओली र नेपालवीच चार महिनायता भेटसमेत भएको थिएन ।
विहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओली सवा ११ बजे पुगेका थिए । प्रधानमन्त्री पुग्नासाथ छलफल शुरु भएको हो । वार्तामा ओली समूहबाट अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन् ।
त्यस्तै नेपाल समूहबाट नेपालसहितका नेताहरु भीम रावल,घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन् । नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो । साथै, यो समूहले बालुवाटारमा हुने कुनै बैठक तथा छलफलमा नजाने निर्णय गरेको थियो ।
पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बसेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply