‘ओली हिटलरका नेपाली अवतार’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली हिटलरको नेपाली अवतार भएको बताएका छन् । मंगलबार आयेजित विद्यार्थीहरूको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई विसर्जनको दिशातिर लगेको आरोप लगाए । पार्टीमा आफ्नो एकाधिकार कायम गर्न खोजेको भन्दै उनले भने, ‘हिटलरको नेपाली अवतार भएका छन् ओली । यो निरंकुशतालाई स्वीकार गर्न सकिन्नँ ।’
नवौंैं महाधिवेशनमा ओली नेतृत्वमा चुनिएको भए पनि विचार भने आफ्नो समूहको पारित भएको दाबी गर्दै नेता नेपालले भने, ‘नवौं महाधिवेशनमा विचार हाम्रो पारित भएको थियो । नेता चुनिए केपी ओली, अहिले उनी कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न कोसिस गर्दैछन् ।’
अहिले ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी हौं’ भन्ने भ्रम छरेको उनले बताए । जबज र केपी ओलीको कहिल्यै भेट नभएको भन्दै उनले भने, ‘जबज भनेको बहुमतको निर्णय मान्नु हो । तर, उहाँले आफ्नो बहुमत नभएको केन्द्रीय कमिटीका सदस्यलाई सडक छाप भन्नुभयो ।’ अहिले अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा आसेपासे र दासहरूलाई मात्र राखेको र उनीहरूमा गलत कुराको आलोचना गर्ने हिम्मत नभएको नेता नेपालले बताए ।
ओली पक्षले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने उल्लेख गर्दै स्पष्टीकरणको सामना गरेर अगाडि बढ्ने बताए । ‘हामी घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो,’ कार्यकर्तालाई प्रश्न गर्दै उनले भने, ‘यो किमार्थ मन्जुर छैन । ‘केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सिएका छैनौं, आतंकित भएका छैनौं । सामना गर्न तयार छौं ।’ शनिबार नेपाल–खनाल पक्षको अनुपस्थितिमा बसेको एमाले केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
उनले अध्यक्ष ओली राजतन्त्र फर्काउन लागिपरेको उल्लेख गर्दै ओलीले जति नै सुके साँठगाँठ गरे पनि आफूहरूले राजतन्त्र फर्काउन नदिनेसमेत बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply