२२ चैत्र २०७७, आईतवार ०८:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रतिनिधिसभा सदस्य जानकीदेवी रामले लिइन् शपथ
काठमाडौं । एमाले नेत्री जानकीदेवी रामले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
आज आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समावेशी समूह दलितबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सिरहाकी जानकीदेवी रामलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सानु शिवाको निधनका कारण रिक्त रहेको समावेशी समूह दलितबाट समानुपातिकतर्फको सांसदमा जानकीदेवी रामलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेका थिए ।
एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा शिवापछि समावेशी समूह दलिततर्फको कोटामा रामको नाम समावेश थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply