वामदेवलाई चुनावमा ओलीले हराएका हुन् मलाई पनि हराउन खोजेका थिए – वरिष्ठ नेता नेपाल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गत प्रतिनिधि सभाको निर्वाचनमा हराउन खोजेको आरोप लगाएका छन्।
आइतबार काठमाडौँ जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेता नेपालले उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीले नै हराएको बताएका हुन्।
काठमाडौँको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदाखेरी केपी ओलीका मान्छेले मलाई चुनाव हराउन खोजेका थिए। मलाई हराउनका लागि मेरो सामुन्ने नै प्रयत्न गरेका थिए। आफ्नो पक्षको उम्मेदवारका पक्षमा पर्चा बाढ्दै र भोटमाग्दै हिँडेका थिए। माधव नेपालको त नामैले, अनुहारले नै भोट आइहाल्छ नि किन बाड्नु पर्यो पर्चा किन माग्नु पर्यो भोट भन्थे’ नेपालले भने।
उनले वामदेव गौतम पनि पार्टीभित्रकै अन्तविरोधका कारण चुनाव हारेको र ओली पक्षले नै हराएको दावी गरे।
‘वामदेव गौतम त्यही कारणले हार्नुभएको हो, हराइएको हो थाहा छ तपाईंहरुलाई’ नेपालले भने, ‘विभिन्न व्यक्तिहरुलाई विभिन्न ठाउँमा हराउनका लागि उहाँले भूमिका खेल्नुभयो। त्यसमध्ये पनि सबैभन्दा पहिला जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ त्यसको पत्तासाफ गरिदिने योजनामा उतिबेलैदेखि लाग्नुभएको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply