नेपाल – खनाल समुहले बागमती प्रदेशमा पनि अलग कमिटी घोषणा गर्दै
काठमाण्डौ । नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाउने भएको छ।
त्यसका लागि आज दिउँसो १२ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बागमती प्रदेशस्तरीय स्थायी समिति बैठक बस्दै छ। बैठकले पार्टीको बागमती प्रदेश कमिटी घोषणा गर्ने एक नेताले जानकारी दिए।
आजै सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षले अलग्गै कमिटी घोषणा गर्दै छ।
सर्वोच्च अदालतको फैसलाले एमालेलाई पहिलेकै अवस्थामा फर्काइदिए पनि अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गते कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल पक्षले केन्द्रदेखि वडा तहसम्म अलग समानान्तर कमिटी बनाउने अभियान थालेको हो।
पार्टीको नाम विवादमा ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दामा सर्वोच्च अदालते गत फागुन २३ गते उनकै नेकपालाई मान्यता दिँदै एमाले–माओवादी केन्द्र मिलेर पछि निर्वाचन आयोगमा दर्ता नेकपा बदर गरिदिएको हो। योसँगै पुनर्स्थापना भएको एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको समूह र झलनाथ खनाल–माधवकुमार नेपालको पक्षबीच तीव्र विवाद सुरु भएको हो।
अदालतले फैसला गरेको ५ दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले आफूपक्षीय केन्द्रीय बैठक राखी खनाल–नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोस्दै गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि विवाद चर्किएको हो।
जसको विरोधमा खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलादेखि समानान्तर कमिटी गठनसम्मलाई तीव्रता दिइरहेको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply