२७ चैत्र २०७७, शुक्रबार ०८:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीलाई साथ दिनेहरु दास हुन् – वरिष्ठ नेता नेपाल
मोरङ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगर आइपुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ओलीलाई साथ दिनेहरु दास हुन् । त्यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ।
ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ । आफहरु ओलीको दास हुन नसक्ने बताउँदै उनले संगठित भएर विरोध गर्ने जिकिर गरे ।
विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौं,’ उनले भने ‘ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएका छन्, यो विधान विपरीत छ ।’
पछिल्लो समय वरिष्ठ नेता नेपाल देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठन गर्दै आएको छ ।
One response to “ओलीलाई साथ दिनेहरु दास हुन् – वरिष्ठ नेता नेपाल”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
पहिले माधब कमरेडकाे कुरा मान्ने पनि दास भईएछ । र अहिले पनि दास निर्माणका लागि नै कमरेडले विराटनगर दाैडाहामा जानू भएकाे हाला,