तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले खतराको संकेत देखाए पनि शैक्षिकलगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय सरकारले गरेको छ ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिकलगायतका क्षेत्र बन्द गरिनहाल्ने निर्णय गरेको हो । अझै केही दिनको ट्रेन्ड हेरेर मात्र यससम्बन्धी थप रणनीति तय गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको एक मन्त्रीले जानकारी दिए । कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसी र स्वास्थ्य मन्त्रालले भने केही दिन अघि नै कम्तिमा तीन साता विद्यालय बन्द गर्न प्रस्ताव गरेका थिए । मन्त्रिपरिषद्ले भने स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने तर, तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
मास्क अनिवार्य गर्ने, भिडभाडमा पूर्ण रोक लगाउने तथा सार्वजनिक यातायातमा नयाँ मापदण्ड बनाउने विषयमा बैठकमा छलफल भएको थियो । स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड आज मंगलबार सार्वजनिक गरिने सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सोमबार शिक्षा मन्त्रालयले पनि विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा सुझाब लिन सरोकारवाहरुसँग छलफल गरेको थियो । उक्त छलफलमा पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरूले सरकारलाई सुझाब दिएका थिए । उनीहरुले एक ठाउँ जोखिममा प¥यो भनेर देशभरका शैक्षिक संस्था बन्द गर्दा समस्या हुने बताएका थिए ।
उनीहरुले संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै दिनुपर्ने सुझाव दिएका थिए । केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरूको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply