कोरोना संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्नू – काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ।
शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो।
विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ।
कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।
साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।
कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोनासंक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन र त्यस्तो अवस्था नभएका विद्यालयहरूले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुनेर सेनिटाइजरको प्रयोग गर्ने लगायतका मापदण्डहरूको कडाइका साथ पालना गरी अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नुरगराउनुहुन अनुरोध छ, महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply