नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा विमानस्थलबाटै फर्काइए विदेश हिँडेका १२२ यात्रु
काठमाण्डौ । वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ।
उनीहरुले नक्कली पीसीआर रिपोर्ट लिएको पाइएपछि विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुखएसएसपी राजेशनाथ बास्तोलाले बताए।
फर्काइएको यात्रु नेपाली र भारतीय नागरिक हुन्। उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।
तर विमानस्थल हेल्थ डेस्कमा चेकजाँचका क्रममा मंगलबार मात्रै सिल गरिएको सुरिया ल्याबबाट पीसीआर रिपोर्ट लिएको पाइएपछि फर्काइएको हो।
यो ल्याबले स्वाब नै नलिई ९ हजार रुपैयाँमा नक्कली पीसीआर रिपोर्ट तयार गर्ने गरेको पाइएको छ। ल्याबका सञ्चालकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बास्तोलाका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो।
यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply