माधव नेपाल समुह आन्तरिक छलफलमा
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार साँझ दुई घण्टा छलफल गरेका नेता नेपालले अहिले आफूनिकट नेताहरूसँग परामर्श गर्दैछन् ।
बुधबारको वार्तामा ओलीले नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए । उनले शुक्रवार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न नेपाललाई आग्रह गरेका छन् ।
नेता नेपालले भने आफ्नो टिममा छलफल गरेपछिमात्र थप कुराकानी गर्ने बताएका थिए । आज आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्दैछन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ ।
नेपाल पक्षधर नेताहरूसँग ओलीले व्यक्तिगत सम्पर्क गरिरहेका छन् । ओलीनिकट नेताहरूले पनि भोलिको बैठकमा आउन आग्रह गरिरहेको एक नेताले बताए । नेपाल पक्षधर नेताहरूबीचमै पनि बैठकमै गएर कुरा राख्ने कि समानान्तर गतिविधि अघि बढाउने भन्ने मतान्तर छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply