बाढीका कारण बनेपा बजारको ‘बेहाल’
२५ असार, काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र हरेक वर्ष जस्तै शुक्रबार पनि डुबानमा परेको छ । हरेक वर्ष हुने डुबानको समस्या समाधान नहुँदा स्थानीय समस्यामा पर्दै आएका छन् ।
शुक्रबार बिहान पनि राजमार्गमा साना गाडी नै डुब्ने पानी जम्मा भयो । साना चार पांग्रे गाडीहरु आधा डुबेको देखिन्थ्यो । पैदलयात्रुले त्यो भल हुँदै बाटो पार गर्नै सकेनन् । मोटरसाइकल चढेर बाटो पार गर्न खोज्नेहरु भलमै लडे । वरपरका घर–पसल पनि जलमग्न भएका छन् ।
पुण्यमाता खोलाको बाढीले हरेक वर्ष पुल बजार क्षेत्र डुबानमा पर्दछ । अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्त्वयमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।
शुक्रबार बिहान पुण्यमाता खोलाको बाढीले आधा घण्टा जति सडक अवरुद्ध भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply