सिन्धुपाल्चोक बाढीपहिरो पीडितलाई प्रतिपरिवार ५० हजार दिने सरकारको निणय
२६ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बढी, पहिरो र डुवानबाट प्रभावित परिवारलाई सरकारले ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । यस वर्ष बाढी, पहिरो र डुवानका कारण सिन्धुपाल्चोकका ३२६ परिवार प्रभावित भएको थियो ।
शनिबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेका हुन् । प्रधानमन्त्रीसँगै सिन्धुपाल्चोक गएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङका अनुसार उक्त रकम सम्बन्धित गाउँपालिका र नगरपालिकामार्फत वितरण हुनेछ ।
मन्त्री नेम्वाङले बाढी, डुवान र पहिरो प्रभावितका लागि सरकारले १५ सय बन्डल जस्तापाता पनि सहयोग गर्ने जानकारी दिए ।
हेलिकप्टरमा गएका प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना, मेलम्ची नदीमा आएको बाढीले क्षति पु¥याएको क्षेत्र र पहिरोले मेलम्ची नदी थुनिएको क्षेत्रको अवलोकन गरेका थिए ।
हेलिकप्टर हेलम्बुको गणेशबगरमा अवतरण भएपछि प्रधानमन्त्री ओलीसहितको सरकारी टोलीले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply