उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअको वैठक बस्दै
३१ असार काठमाडौं । नेपालमा पुनः कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढ्दै गइरहेका बेला काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ ।
उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकमा छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । दिउँसो १ बजेपछि बसिने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।
छलफल चाहिँ लामो दूरीका यातायात खुला गर्ने विषयमा पनि गर्छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, तर १५ दिन अहिलेकै जस्तो गरी निषेधाज्ञा लम्बिने सम्भावना बढी छ ।’ उनका अनुसार लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिने छ ।
‘तर लामो दूरीका सवारीसाधन खोलिने सम्भावना म कम देख्छु’ उनले भने, ‘यो कुरा चाहिँ बैठकमै गएपछि थाहा हुन्छ ।’ यता ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले पनि अब १५ दिन निषेधाज्ञा थप्ने र लामो दूरीका यातायात पनि खुला गर्ने सरसल्लाह भइरहेको बताएका छन् ।
उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालनमा आइसकेको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि आज असार ३१ गते राति १२ बजेबाट सकिँदै छ । कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा शुरु गरिएको थियो । पटक–पटक अवधि थपेर यो लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पारिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply