कार्यदलका नेताहरु थप सक्रिय बन्दै, १० बुँदे कार्यान्वयनमा जोड
२ साउन, काठमाडौं । पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् ।
शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।
शुक्रबार अध्यक्ष ओलीले राखेको स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु गएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्ने र १०बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए ।
तर अध्यक्ष ओलीले बैठक रोकेनन् । आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएका थिए ।
शनिबार भएको अनौपचारिक बैठकमा कार्यदलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भन्ने मत राखेका सचिव विष्टले बताए ।
एमाले नेता सुवासचन्द्र नेम्वाङले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए ।
‘दश बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । अब त्यसलाई कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्दछ भन्नेबारे आज हामीहरुबीच छलफल भएको हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ भन्नेमा सबैको जोड छ ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply