६ श्रावण २०७८, बुधबार ०२:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
चीनबाट खोप ल्याउन आजबाट विमान पठाइँदै
६ साउन काठमाडौं । नेपालले खरिद गरेको कोरोनाविरुद्धको खोप ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ ।
लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र शनिबार खोप लिन चीन जाने छ ।
विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलो पटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ । निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply