देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सोध्यो एमालेले स्पष्टीकरण
६ साउन काठमाण्डौ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई यही आइतवार विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ। एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले माधव नेपालसहितका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोध्दै पत्र पठाइएको पुष्टि गरेका छन्।
उनका अनुसार ईमेलमार्फत र हार्ड कपी पनि सम्बन्धित सांसदहरुसम्म पठाइएको छ। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्नुपर्ने प्रस्ताव गरेका थिए। पार्टी अनुशासन उलंघन गरेको निचोडसहित सबै २२ सांसदलाई स्पष्टीकरण सोधिएको छ, तामाङले भने।
आइतवार राति संघीय संसदमा भएको विश्वासको मतका क्रममा नेपाल समूहमा लागेका १४ जना र ओली समूहका ८ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएका ओली पक्षका ८ सांसद पनि अहिले नेपाल समूहमा मिसिएका छन्।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply