माधव समूहको स्थायी कमिटी बैठक जारी
११ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको यो समूहको बैठकलाई अर्थपूर्ण मानिएको छ ।
सत्तारुढ गठबन्धनले यो समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ । तर एमालेको एकता प्रक्रिया चलिरहेकाले यो समूह सरकारमा सहभागी भएको छैन ।
माधव नेपाल समूहको पर्खाइमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिएका छैनन् । तर एकता प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन ।
कार्यदलमा रहेका नेताहरुले एकताको दश बुँदे सहमति जुटाए पनि कार्यान्वयन हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेका छन् भने माधव समूहले पनि आफ्नो समूहले गुटगत गतिविधि रोकेको छैन ।
ओलीले युथ फोर्स ब्युँताएर गतिविधि गरिरहेको छ भने नेता नेपाल समूहले पिपुल्स भोलिन्टियर्स र अखिल फोर्स बनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply