सिंगौरी खेल्न आउनेको सिंग नै भाँचिदिने ओलीको चेतावनी
२५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आजदेखि शुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए ।
उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो’ ओलीले भने, ‘पुराना सबै नियुक्ति खारेज गर्ने यसैको उदाहरण हो ।’
ओलीले भ्रष्टाचारको छानबिन गर्ने भए लडाकुको शिविरबाटै गर्न सुझाव दिएका छन् । ‘क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट, निजी सम्पती कब्जालगायतका विषयमा छानबिन गर्नुपर्छ’, उनले भने, ‘वाइडबडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी कहिले भए ? संलग्न गठबन्धनकै नेताहरुलाई कारबाही गर्न सक्नुहुन्छ ? कि झुटो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र हो ?’ उनले चुनौती दिंदै भने, भने, ‘हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिने छ ।’
उनले एमालेले देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गर्ने बताए । ‘एमसीसीको बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता भएको होइन ?’, उनको प्रश्न थियो, ‘१६५ को मत विश्वासको मत लिँदा लिएको होइन ? किन पास गर्न नसकेको ? किन हामीलाई दोष दिएको ?’
अध्यक्ष ओलीले गीति शैलीमा भने, ‘भत्काइदेउ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र विमानस्थलहरु ओली याद आउने सबै चिजहरू ।’ अदालतको परमादेशबाट बनेको सरकारले एक महिनासम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेको पनि उनले टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply