कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
२९ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट शुरु भएको बैठक शुक्रबार ११ बजे पुनः बस्दै छ ।
हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित भएको थियो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए । बैठकमा समितिका सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गरेका थिए । यस्तै बैठकमा उपसभापति तथा अन्तर पार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैगरी महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका प्रस्तुत गरेका थिए । हिजो बैठक यी नै तीन विषयमा केन्द्रित भएको छ । बिहीबारको बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य लेखक, ढुङ्गाना, परियार, पौडेल, गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, कर्णबहादुर बुढा र चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा पनि केन्द्रीय सदस्यले आ–आफ्नो धारण राख्ने छन् । केन्द्रीय सदस्यले दिएको सुझावलाई समेटेर बैठकले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने शर्माको भनाइ छ । कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन अन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
तर महाधिवेशन सार्ने विषयमा सहमति भएपछि कहिले सार्ने भन्नेमा कांग्रेसभित्र मतभेद छ । संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ । छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ ।
भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो साता (दसैं) सम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन् । दसैंअघि नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने उनेका भनाइ छ । दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनःस्थापनापछिको पहिले केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सही ट्रयाकमा ल्याएको जनाएको छ ।
संसद् विघटनको असंवैधानिक कदमविरुद्धमा ऐक्यबद्ध गठबन्धनका राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्मअनुरुप फैसला आएको काँग्रेसको निष्कर्ष छ । बैठकले कोभिड–१९ को महामारी र बाढीपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्यसँगै संविधानको मर्म र जनताको भावनाअनुरुप कार्य गर्न दलबीचको सहमतिअनुरुप अघि बढ्न नयाँ सरकारलाई शुभकामना व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply