माओवादी केन्द्रले पुसको ११–१३ मा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव
३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते गर्नुपर्ने प्रस्ताव ल्याएका छन्।
शनिबार सुरू भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलन प्रस्ताव गरेका हुन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका एजेन्डाबारे जानकारी दिँदै सम्मेलन पुसमा गर्ने प्रस्ताव अध्यक्षले ल्याएको बताए।
उनका अनुसार बैठकले पहिले कार्यसूची पारित गरेको छ।
सुरूमा राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टीको विधान संशोधन प्रस्ताव पेश गर्ने, राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल गर्न समूह विभाजित गर्ने लगायतका काम भएका छन्।
राजनीतिक प्रतिवेदन र विधान संशोधन छलफल गर्न केन्द्रीय सदस्यहरूमाझ आठ वटा समूह बनाइएको छ।
त्यो समूहले आइतबार ११ बजे बस्ने बैठकमा छलफलको निष्कर्ष पेश गर्ने छ।
सांगठतिक एजेन्डामा पार्टी र विभागहरूको कार्यविभाजन हुने छ, उनले भने अन्य प्रस्तावित एजेन्डाबारे पनि छलफल हुने छ।
कार्यसूची पेश गर्नुअघि दाहालले देशको हालको परिस्थितिमा पार्टीको भूमिकाका बारे जानकारी र अभिमुखीकरण दिएका थिए।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply