ओलीको एकलौटी गतिविधि एकता विरोधी : माधव नेपाल
३० साउन,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् ।
आज (शनिबार) बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए । ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको उनले स्पष्ट पारे ।
नेता नेपालले पार्टी अध्यक्ष ओलीले पार्टीको विधान संशोधन गर्ने भनेपछि पार्टी एकताको कुरा गर्नेहरू पनि छ्याङ्ग भएको बताए । उनले आफूले एकता चाहिरहेको तर पार्टी अध्यक्ष ओलीले विभाजन चाहेको उल्लेख गरे । उनले भने–हुँदा हुँदा अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका साथीहरू, आशा गरेर बसेका मान्छेहरू पनि छर्लङ्ग भएका होलान्, निरास भएका होलान् । छाँगाबाट खसेको स्थितिमा पुगेका होलान् ।
उनले जब ओलीलाई पार्टीको विधिमा बाँध्न खोज्दा सरकारको काम राम्रोसँग गर्नुहोस् भनेर सुझाव दिँदा मन नपरेको बताए । उनले भने, ‘हामीले राम्रो सुझाव दिँदा मलाई घेराबन्दी गर्ने भन्न थाल्नुभयो । मलाई निर्देशन दिने मान्छे यस धर्तीमा जन्मेको छैन । मलाई मनमा जे आउँछ, स्वेच्छापूर्वक काम गर्नेछु । मेरो आदेश सबैले पालना गर्नुपर्छ भन्ने उहाँको मनोदृष्टि हामीले मनोगत भनेर त्यतिकै भनेका हैनौँ । तथ्य र घटनाक्रमले त्यसलाई पुष्टि गर्दै आइरहेको छ ।
उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे । केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए । त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने बताए ।
नेता नेपालले ओलीले किन विधान संशोधनको प्रस्तावको नियत बुझ्न कुनै गाह्रो नभएको बताउँदै जथाभाबी रूपमा पार्टीमा पदाधिकारी नियुक्त गरेबाटै प्रस्ट हुने बताए । उनले पार्टीभित्र एकताको कुरा गर्ने नेताहरूलाई लक्षित गर्दै भने–‘हामी भ्रममा परेका छौँ, त्यो विधान पनि खारेज हुन्छ कि, निर्णय फिर्ता हुन्छ कि ? तर फिर्ता भएको छैन । नियुक्त गरिएको एउटा पनि पदाधिकारी हटाएको छैन । उहाँले एकतर्फी रूपमा कदम अगाडि बढाउनु भएको छ ।’
उनले ओलीको नियत छर्लङ्ग भएको बताउँदै अहिलेसम्मको समस्याको कारण ओली कि हामी भन्दै प्रश्न गरे । दुई नेताको झगडाको विषय मात्रै भएको भए बामदेव गौतमले किन विधानमा त्यस्तो कुरा थप्न भनेको ? नेकपा कालमै बहुमत स्थायी समितिले किन ओलीको राजीनामा मागेको ? भन्ने प्रश्न गर्दै त्यसपछि पनि ओलीमा सुधार नभएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply