अफगानिस्तानमा उद्धारको प्रतिक्षा गरिरहेका १३४ नेपाली नागरिक सरकारको सम्पर्कमा
३२ साउन, काठमाडौं । अफगानिस्तानबाट उद्धारको प्रतिक्षा गरिरहेका १३४ जना नेपाली नागरिक सम्पर्कमा आएका छन् । आइतबार परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका अनलाइन रजिस्ट्रेसनसहित सम्पर्कका लागि भाइबर, हृवाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको थियो ।
सोमबार साँझसम्म १३४ नेपाली र उनीहरुका आफन्तले अफगानिस्तानमा कार्यरत श्रमिकबारे जानकारी दिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनीहरु सरकारको सम्पर्कमा आएकाले उद्धारको लागि सहज हुने उनको भनाइ छ ।
अफगानिस्तानमा रहनुभएका नेपालीहरुबारे जानकारी आउने क्रम जारी नै छ, उनले भनिन्, उचित परिस्थिति बन्नासाथ उहाँहरुको उद्धार सुरु हुन्छ
अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्ने व्यवस्था गरिएको छ । अवैधानिक रुपमा जाने श्रमिकहरु पनि त्यहाँ अलपत्र परेको हुनसक्ने भएकाले विवरण तयार पार्ने काम गर्नुपरेको प्रवक्ता लम्सालले बताइन् ।
परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि +९७७-९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७-९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने बताएको छ ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन नेपाल सरकारले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्रसंघको कार्यालयहरुलाई औपचारिक पत्राचार पनि गरेको छ ।
उहाँहरुले हाम्रो आग्रहमा सकारात्मक जवाफ दिनुभएको छ, केही नागरिकको उद्धार भइसकेको छ, केहीको उद्धारको क्रममा हुनुहुन्छ भने कोही बाटोमा हुनुहुन्छ,’ उनले भनिन्,’हामी केही सयमभित्र कति नेपालीको उद्धार भयो भने जानकारी सार्वजनिक गर्छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply