माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिन्ह ‘खुला किताब’
२ भदौं ,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको नाम ‘एमाले समाजवादी’ राख्ने भएको छ । नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिन्ह टुङ्गो लगाएको हो ।
नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिन्ह खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । पार्टीको नाम र चुनाव चिन्हबारे विभिन्न विकल्पमा छलफल भए पनि अन्तिममा एमाले समाजवादी राख्ने र खुला किताब चुनाव चिन्ह राख्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।
नेपाल पक्षले कम्तिमा ६० सदस्यीय कार्यसमिति बनाउने तयारी गरेको छ । पार्टीको नाम, विधान, प्रस्तावना यसअघि नै टुंगो लगाइसकिएको छ । नेपाल समूहको पार्टी दर्ता भएपछि सरकारमा जाने तयारीमा छ । २०५४ सालमा विभाजित भएको एमाले ०५६ मा एक भएको थियो ।
यसपालि एमाले फुटाउँदा नेपाललाई आफ्नै समूहका दोस्रो पुस्ताका नेता कार्यकर्ताले साथ नदिने देखिएको छ । तेस्रो पुस्ताका युवा नेता कार्यकर्ताको समर्थनमा नेपालले नयाँ पार्टी बनाउन लागेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply