कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन
५ भदौं, काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।
थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए ।
पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।
थापाको निधनप्रति थुप्रै कलाकारहरुले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार हरिवंश आचार्यले भने, ‘उहाँ राम्रो कलाकार हुनुहुन्थ्यो नै, उत्तिकै मिलनसार पनि हुनुहुन्थ्यो ।’
थापाको श्रीमती, एक छोरी र एक छोरा छन् । उनको शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply