भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ
१० भदौ, विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो ।
केही बेरअघि उनको सपथसमेत सकिएको छ । आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए ।
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले पदबाट राजीनामा दिई लचकता देखाएका हुन् ।
आचार्य यसअघि माधव नेपाल गुटमा थिए । नेपालले पार्टी फुटाएपछि उनको साथ छोड्नेहरूको समूहमा उनी पनि थिए । अहिले यो समूह एमालेमै मर्ज भएको छ ।
उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।
२०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply