ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहन सकिएन : माधव नेपाल
१० भदौं , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्नु बाध्यता भएको बताएका छन् । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पहिलो पत्रकार सम्मेलनमा नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अहंकार र व्यक्तिवादी व्यवहारका कारण एमालेमै रहनसक्ने अवस्था नरहेको बताए । अध्यक्ष नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् । उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए । नयाँ पार्टी दर्ता गरेपछि आज (बिहीबार) काठमाडौंमा पहिलो पत्रकार सम्मेलन गर्दै उनले बताएका हुन् ।
नव गठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ।
हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए, उनले भने, ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि जनताका एजेण्डालाई तिलाञ्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्ने बाहेक विकल्प भएन । इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौं । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नु पथ्र्यो ।
अध्यक्ष नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताएका छन् । आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सदस्यहरु नयाँ पार्टी बनाउने कुरामा असहमति जनाउँदै एमालेमा नै फर्किएका छन् । ‘हिम्मत नभएका थन्किन्छ्न, क्रान्तिकारी चेत भएकाहरु नयाँ आन्दोलनमा जुट्छन् , उनले भने, ‘हामी कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै क्रान्तिकारी बनाउने महत्वपूर्ण पाइला चालिरहेका छौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply