११ भाद्र २०७८, शुक्रबार ०२:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नारायणगढ–मुग्लिन सडक बन्द, पहिरो पन्छाउन शुरु
११ भदौं,काठमाडौं । चितवनको सेती दोभानमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा बन्द भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अविरल परेको वर्षाका कारण राति करिब ८ बजेको समयमा भरतपुर महानगरपालिका–२९ सेती दोभानमा पहिरो खसेकाले नारायणगढ–मुग्लिङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले बताएका छन ।
पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाले यातायात सेवा ठप्प भएको छ । सडकको माथिल्लो भागबाट ठूलो पहिरो खसेकाले तत्काल पहिरो गएको स्थानमा जान सक्ने अवस्था नरहेको उनले बताए । बिहान ५ बजेबाट पहिरो पन्छाउने कार्य शुरु गरिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply