मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक
१४भदौ,काठमाण्डौ । मन्त्रिमण्डललाई पूर्णता दिन बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतबीच बैठक भएको हो।
आजको छलफलमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पनि सहभागी छन्।
नेपाली कांग्रेसबाट सभापतिसमेत रहेका देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत सहभागी छन्।
नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी छन्। जसपाबाट अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन्।
नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष नेपाल र राष्ट्रिय सभामा दलका नेता बेदुराम भुसाल सहभागी छन्।
बैठक आज बिहान ९:३० बजेदेखि जारी छ। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले गठबन्धनको बैठक जारी रहेको बताए।
प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेबारे सत्तारू गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको छ।
प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ मन्त्री र एक राज्यमन्त्री र माओवादीबाट २ मन्त्रीलाई मात्रै मन्त्रिमण्डलमा सहभागी गराएका थिए। प्रधानमन्त्री देउवाले अधिकांश मन्त्रालय आफैँसँग राखेका छन्।
सरकारमा गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चाबाहेक अरू दल सहभागी हुने बताइसकेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply