विवाद बढेपछि कानुन व्यवसायीको भेलामा गएनन् ओली

१८ भदौं, काठमाडौं । विवाद हुने देखिए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी निकट कानुन व्यवसायीहरुको भेलामा नजाने निष्कर्षमा पुगेका छन् । ओलीलाई प्रमुख अतिथि बनाएर एमाले निकट पेशागत तथा प्रगतिशील कानुन व्यवसायी संगठन (पीपीएलए) ले शुक्रबार दिउँसो २ बजेका लागि ललितपुरको च्यासलमा पुनर्जागरण भेला राखेको थियो ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा तय गरिएको उक्त भेलामा एमाले नेताहरुको सुझावपछि ओलीले अन्तिम समयमा उपस्थित नहुने निर्णय लिएका हुन् । पीपीएलएले ओलीलाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा बोलाएको थियो ।
असार २७ मा भएको १० बुँदे सहमति अनुसार एमाले एकता अघि बढिरहेको अवस्थामा अर्को पक्षले पीपीएलएका अध्यक्ष रुद्र नेपाललाई थाहै नदिइ कार्यक्रम राखेपछि विवाद भएको थियो । कानुन व्यवसायीहरुबीच नै विवाद भइरहेका बेला उक्त कार्यक्रममा जाँदा पार्टीमै नयाँ समस्या देखिने भएपछि ओली त्यस कार्यक्रममा नगएका हुन् ।
ओलीलाई एमाले नेता रघु पन्तसहितले विवाद जन्मिन सक्ने भएकाले त्यस कार्यक्रममा उपस्थित नहुन सुझाएका थिए । २०७५ जेठ २ अघिसम्म पीपीएलएका इन्चार्ज रहेका पन्तले भेला रोक्न भने पनि महासचिव ईश्वरी भट्टराईसहितले नरोक्ने अडान लिएका थिए । उनीहरुले अध्यक्ष नेपाललाई पनि थाहै नदिइ उक्त कार्यक्रम तय गरेका थिए ।
भट्टराईले भेला नरोक्ने अडान लिएका बेला ओलीले कार्यक्रममा नजाने निर्णय लिएका हुन् । उनको सचिवालयका अनुसार आज आराम गर्ने भन्दै ओली बालकोट नै बसेका छन् । अध्यक्ष नेपालले भने पीपीएलएको अध्यक्ष आफू भएकाले २०७५ जेठ अगाडिको संरचना अनुसार कार्यक्रम हुनुपर्ने अडान लिए । उनले उक्त भेलामा आफूसहित अन्य कानुन व्यवसायीलाई पनि नजान भनेको सुनाए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply