आचार्य र शाक्यले एकीकृत समाजवादी रोजे मुख्यमन्त्री पद जोगिन्छ : रामकुमारी झाँक्री
१९ भदौं, विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश–१ र बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।
उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २२ गतेसम्मको समय सीमामा मुख्मयन्त्रीद्वय भीम आचार्य र अष्टलक्ष्मी शाक्यले नेकपा (एस) मा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।
आज (शनिवार) विराटनगर विमानस्थलमा झाँक्रीले भनिन्, भदौ २२ गतेसम्म दल छान्ने अधिकार छ ।उहाँहरू आउनु भयो भने विश्वासको मत दिलाउन हामी आफै खट्ने छौं । एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ । सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रक्रियाबाट नै नयाँ बाटो शुरु हुन्छ । उनले मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले एमाले रोजेको अवस्थामा उनीहरुलाई विश्वासको मत दिने भन्ने प्रश्न नै नआउने बताइन् ।
प्रदेश–१ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छन् । उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले दल छान्ने समय बाँकी रहेकाले नेकपा (एस) सरकारमा सहभागी हुने बारेमा दलले औपचारिक निर्णय गर्न बाँकी रहेकाले सरकारमा जाने विषयले सरकार विस्तारमा ढिलाइ भएको भन्ने कुरा अनुमान मात्र भएको बताइन् ।
नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रक्रियाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय सीमा रहेकाले त्यसपछि केन्द्रसँगै बाँकी रहेका प्रदेशमा पनि समाजवादीसहितको गठबन्धन दलको सरकार निर्णयको प्रक्रिया आरम्भ हुने बताइन् ।
उनले नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने तथा मुलुककै कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने दाबी समेत गरिन् । एमाले विभाजन भई समाजवादी बनेपछि एमालेमा फर्किएकाले सङ्कट नपर्ने समेत दाबी गरिन् ।
एमालेमा फर्किएका तेस्रो धारका नेताहरूप्रति लक्षित गदै नेतृ झाँक्रीले भनिन्, ‘हिजो हाम्रो साथमा को–को थिए र को–को गए भन्ने विषयले पार्टी निर्माणमा अहिले खासै अर्थ राख्दैन ।’ आन्दोलनको दौरानको ट्रेनमा को–को चढ्नु भयो र को को झर्नु भयो भनेर निर्क्योल हुँदैन । उहाँहरूलाई हेरेर पार्टी बनाएको पनि हैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply