एमसीसी उपाध्यक्ष फातिमाको पहिलो राजनीतिक भेट ओलीसँग
२४ भदौं, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीको पहिलो राजनीतिक भेट पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग हुने भएको छ ।
सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै मेरिएट होटल गएका उनीहरुले अमेरिकी राजदूत र्याण्डी बेरीको कमलादीस्थित निवासमा बिहानको खाना खाएर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवासँग भने प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री ओलीसँग भेट गरेपछि मात्रै भेट्ने कार्यक्रम रहेको बताइएको छ । टोलीले अरु राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।
आजै उनीहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल) को निरीक्षण गर्ने कार्यक्रम पनि छ । एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । टोलीले एमसीसी परियोजनाबारे उठेका प्रश्नहरुको उच्च राजनीतिक तहमा प्रष्ट्याउने प्रयास गर्नेछन् । गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन भने एमसीसी पारित गर्ने उद्देश्यसहितका लागि बुधबारबाट संसद बैठक पनि बोलाइएको छ ।
अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । सुमारसहितका अधिकारीहरु नेपाल आउनु पूर्व एमसीसीले सरकारले सोधेका विभिन्न प्रश्नको उत्तर पठाएको थियो । अमेरिकाले एमसिसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको तथा नेपालको संविधानभन्दा माथि पनि नरहेको जवाफ पठाएको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply