एमसीसीलाई संशोधनसहित स्वीकार्ने पक्षमा एमाले
२६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई ‘रिजेक्ट’ गर्नुभन्दा राष्ट्र हितको पक्षमा संशोधन गरेर पास गर्नुपर्ने नीति लिएको छ।
शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकका क्रममा एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले एमसीसीलाई ‘रिजेक्ट’ गरेर जाने भन्दा संशोधनसहित पास गर्नु उचित हुने बताए।
एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालमा राजनीतिक भेटघाट तीव्र बनाइरहेका बेला एमालेले संशोधनसहित पास गरेर अमेरिकी अनुदान सदुपयोग गर्नुपर्ने बताएको छ।
हामी प्रतिपक्षमा छौँ । त्यसैले पहिलो कुरा त सत्तारुढ गठबन्धनले एमसीसीलाई संसदमा टेबुल गर्नुपर्छ’ भट्टराईले भने, तर उहाँहरु (सत्तारुढ पाँच दलीय गठबन्धन) ले के गर्नुहुन्छ थाहा छैन।
उनले एमसीसीलाई स्वीकार्नै नहुने पक्षमा एमाले नरहेको बताए। ‘एमसीसीलाई ‘रिजेक्ट’ गर्ने पक्षमा एमाले छैन। हाम्रो त्यो निष्कर्ष होइन’, भट्टराईले भने, ‘एमसीसीलाई राष्ट्रिय हित अनुकुल बनाउनुपर्छ भन्ने हो। हाम्रो पार्टी अहिले पनि त्यही निर्णयमा कायम छ। एमसीसीलाई संशोधनसहित अघि बढाएर अमेरिकी सहयोगको सदुपयोग गर्दा हुन्छ।’
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply