एमसीसी अनुमोदनमा ढिलाइ भइसक्यो : उपाध्यक्ष फातिमा
२७ भदौं, काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले नेपालसँगको एमसीसी सम्झौता नेपाल सरकारकै आग्रहमा भएको र अनुमोदन नभई कार्यान्वयनमा नजाने बताएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरूलाई भटेकी सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा ८ वटा सरकार बनिसकेको र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।
चार दिने भ्रमणमा आएकी उनले आइतबार पत्रकार सम्मेलन गर्दै भनिन्, ‘नेपालले जतिसक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ त्यत्ति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’ उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको उल्लेख गरिन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply