एमालेकाे आरोप : भदौ ३० भित्रै बजेट पारित गर्नुपर्नेमा सरकार गैरजिम्मेवार बन्यो
३० भदौं, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वर्तमान सरकारकै कारण वित्तीय संकटको परिस्थिति सिर्जना भएको आरोप लगाएको छ । आर्थिक वर्ष शुरु भएर लामो समय गुज्रिसक्दा पनि प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेकै कारण वित्तीय संकटको परिस्थिति सिर्जना भएको निष्कर्ष निकालेको हो ।
एमालेले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवार काम गरेको छ । नेकपा (एमाले) बजेट जस्तो संवेदनशील विषयमा सरकारको उदासीनता र गैरजिम्मेवार रवैयाप्रति खेद व्यक्त गर्दछ । प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दछ ।
एमालेले सरकारले प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको समेत बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमति विना नै संसदको काम कारवाही अघि बढाउने काम भइरहेको छ । आफूलाई इच्छा लागेको बिजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नु पर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ । यो, नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा एमाले खेद व्यक्त गर्दछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply