अफगानिस्तानमा अलपत्र थप ३४ नेपाली आज स्वदेश आउँदै

२ असोज, काठमाडौं । अफगानिस्तानमा अलपत्र परेका थप ३४ नेपाली आज (शनिबार) स्वदेश आउँदै छन् । काबुलमा अलपत्र परेका ३४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याउन लागिएको भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार काबुलमा अलपत्र ३४ नेपाली शनिबार बिहान १० बजे चार्टर विमानमार्फत स्वदेश फर्कंदै छन् । उनीहरुसँगै संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि स्वदेश फर्किंदै छन् ।
बिद्रोही तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेपछि त्यहाँ असुरक्षा बढेको छ । विभिन्न रोजगारीका लागि अफगानिस्तान पुगेका नेपाली तालिबानले सत्ता कब्जा गरेपछि अलपत्र परेका हुन् । हाल उनीहरुलाई यूएनको सहयोगमा काबुलमा सुरक्षित रूपमा राखिएको छ । अफगानिस्तानबाट हालसम्म ९४० नेपालीको उद्धार भइसकेको छ । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply