२ आश्विन २०७८, शनिबार १३:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अनेरास्वबियुको २३ औं महाधिवेशन चैत २४-२६ मा गर्ने निर्णय

२ असोज, ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियुको २३ औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २४ देखि २६ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
पाँचवर्षदेखि अनेरास्वबियुको महाधिवेशन भएको छैन । अनेरास्वबियु केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, अनेरास्वबियुका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका छन् ।
यही बैठकबाट अनेरास्वबियु अध्यक्ष ऐन महर, उपाध्यक्ष रस्मी आचार्य, महेश बर्तौला र शैलेश लामा संगठनबाट बिदा भएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply