एमाले अवरोधबीच आर्थिक विधेयक बहुमतले पारित
७ असोज, काठमाडौं । सरकारले प्रमुख विपक्षी एमालेलाई पेलेरै आर्थिक विधेयक २०७८ पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो । सो विधेयकमाथि सांसद प्रेम सुवालले छलफलमा भाग लिएका थिए । उनले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।
सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक विधेयक, २०७८ माथि छलफलको प्रस्ताव गरेका थिए । लगत्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरे । त्यसपछि अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसैगरी राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पनि पारित भएको छ । यसअघि राष्ट्रियसभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । तर एमालेका सांसदहरुले सभामुख सापकोटाको राजीनामा माग गर्दै संसद अवरुद्ध जारी राखेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply