संसदको गतिरोध खोलिदिन ओलीलाई देउवाको आग्रह
१२असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध हटाई दिन आग्रह गरेका छन् ।
मंगलबार बिहान कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाएर देउवाले ओलीसँग सम्बन्ध सुधारको प्रस्ताव अघि सारेका हुन् । ‘सरकार र प्रतिपक्षीबीच यस्तो तनावपूर्ण अवस्था रहिरहनु राम्रो होइन । तपाईं हामी सम्बन्ध सुधार गरेर अघि बढौं’, देउवाको सन्देश सुनाउँदै कार्कीले बालकोटमा भने, ‘संसदमा पनि लामो समयदेखि तनावको अवस्था छ । सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशमा पनि राम्रो सन्देश जान्छ ।’
देउवाले कार्कीमार्फत ओलीलाई संसदमा रहेको गतिरोध फुकाई दिन पनि पनि आग्रह गरेक थिए । ‘अब सम्बन्ध सुधार गरेर जाऊँ । संसदमा पनि गतिरोध कायमै छ । त्यसलाई पनि तपाईंहरुले हटाइदिएर जाऊँ’, देउवाको सन्देश सुनाउँदै कार्कीले भने, ‘अन्य विषयमा हामी छलफल गरेर अघि बढ्न सकिन्छ । पहिले यो गतिरोध हटाई दिनुस् ।’
प्रधानमन्त्री देउवाले यसअघि पनि कानुनमन्त्रीलाई ओली समक्ष पठाएर सम्बन्ध सुधारको पहल गरिरहेका छन् । एमालेको अवरोधका कारण लामो समयदेखि संसदका दुबै सदन सहज रुपमा चल्न सकिरहेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply