प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली
१३ असोज, जनकपुर । प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियारको टोलीले कागजात लिएर फर्किएको छ । बर्दिबासस्थित अख्तियार कार्यालयमार्फत गएको टोलीले मुख्यमन्त्री कार्यालयमा बुधबार दिउँसो छापा मारेको थियो ।
टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीहरुसँग समेत सोधपुछ गरेको थियो । प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने जानकारी दिए । प्रदेश–२ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।
त्यस कार्यक्रमबाट बालिकाहरूलाई वितरण गर्न टेण्डर नै नगरी साइकल किनिएको थियो । साइकल खरिद र वितरणका क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
अख्तियारको केन्द्रीय कार्यालयबाट पुगेको टोलीले बर्दिबासस्थित कार्यालयको समन्वयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । प्रदेश २ सरकारले २०७५ मंसिरदेखि ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान थालेको हो । त्यस अभियानका नाममा सुरुबाटै करोडौं भ्रष्टाचार भइरहेको उजुरी अख्तियारमा परेको थियो । अख्तियारले पनि सुरुवाती छानबिनमा हिनामिना भएको भेटिएको जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply