राजकुमार लेखीले छाडे लोकतान्त्रिक समाजवादी पार्टी
१४ असोज , काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन्।
उनले बिहीबार बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन्।
नेता लेखीले नयाँ राजनीतिक यात्राको थालनी गर्न लोसपाको कार्यकारणी समितिको सदस्यबाट राजीनामा दिएका बताएका छन्।
म यसपार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु, उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।
नेता लेखीले वैकल्पिक शक्ति बनाउने अभियानमा सफलता प्राप्त नभएपछि आफूले पार्टी परित्यागको निर्णय गरेको प्रतिक्रिया दिएका छन्।
सानो पार्टीमा रहेर राजनीति गरेँ। नयाँ पार्टी भन्ने पुराना पार्टीको आलोचना मात्रै गर्ने, यसरी हुँदैन, वैकल्पिक शक्ति बनाउनुपर्छ भन्दै आएको थिएँ। वैकल्पिक शक्ति बनाउने प्रयास थियो, सकिएन त्यसैले लोसपा छाडेको हुँ।
नेता लेखीले नयाँ पार्टीहरु पुराना पार्टीभन्दा गएगुज्रिएका बनेका पनि टिप्प्णी गरे। उनले अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेमध्ये कुनै एक पार्टीको राजीनतिमा संलग्न हुने पनि जानकारी दिए।
तर, लोसपा स्रोतले एमालेमा जाने सोच बनाएर नेता लेखीले राजीनामा दिएको दाबी गरेको छ।
एमालेमा जाँदै हुनुहन्छ? भन्ने प्रश्नमा लेखीले भने, पुरानो ब्याकग्राउन्ड भएर साथीहरुले अनुमान गर्नुभएको होला। कांग्रेस, माओवादी र एमालेमध्ये कुनै एक पार्टीमा जान्छु।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply