एमाले वार्ता र संवादबाट भाग्न खोज्यो : सरकार
१४ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ । बालुवाटारमा बिहान १० बजेदेखि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएन ।
बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहदुर कार्कीले हाल संसदमा देखिएको गतिरोध अन्त्य जरुरी रहेको निष्कर्ष बैठकले निकालेको बताए । कार्कीले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठक पनि एमालेले बहिष्कार गरेको स्मरण गराए ।
उनले सर्वदलीय बैठकमा बोलाउँदा बोलाउँदै पनि एमालेले सहभागी नभएर वार्ता र संवादबाट भाग्न खोजेको बताए । ‘बैठकमा बोलाउँदा बोलाउँदै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनु भएन । एमालेको अनुपस्थितिले उहाँहरु संवाद र वार्ताबाट भाग्नु भएको ठहर हामीले गरेका छौं’ सभामुखले बोलाएको बैठकमा पनि एमाले अनुपस्थित भएको छ ।
यसले उहाँहरु संवाद र पर भाग्न खोजेको देखिन्छ । जुन कुरा अहिलेको आवश्यकता भन्दा भन्दा भिन्न छ ।’ यो बैठकमा अनुपस्थित भए पनि आगामी बैठकमा एमाले सहभागी हुने विश्वास कार्कीले व्यक्त गरे । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली यो बैठकमा अनुपस्थित भए पनि फेरि उहाँहरु आउनु हुनेछ भन्नु भएको छ’ कार्कीले भने,यो बैठकमा संघीय संसदलाई निर्वाध रुपमा अघि बढाउनेबारे छलफल भएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply