डडेल्धुरामा देउवा र पौडेल पक्षबीच झडप
१७ असोज, डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप भएको छ । आइतबार पौडेल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा देउवा समूहले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
पौडेल पक्षको भेलालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा. शेखर कोइराला र गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम थियो । तर कार्यक्रम शुरु हुनै लाग्दा देउवा पक्षले कालो झण्डा देखाउन खोजेपछि झडप भएको हो । झडपमा केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
पार्टीका जिल्ला सभापति समेत रहेका प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पक्षले डडेल्धुरामा अवैधानिक रुपमा क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वडा र पालिका महाधिवेशन बहिष्कार गरेको छ ।
अवैधानिक रुपबाट राखिएका क्रियाशील सदस्यको नाम हटाउनुुपर्ने, स्थानीय तहबाट सिफारिस भएका नामहरु समावेश गर्नुपर्ने र वडा अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला पार्टी कार्यालयमा नेता, कार्यकर्ता रिले अनसनमा समेत बसेका थिए । तर आइतबार भने अनसन स्थगित गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply