जनकपुर बम काण्डका योजनाकार सञ्जय साहको कैद उच्च अदालतले घटायोे
१८ असोज, जनकपुर । जनकपुर बम काण्डका मुख्य योजनाकारको अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको सञ्जय साह को फैसला उच्च अदालत जनकपुरले उल्ट्याई दिएको छ ।
उच्च अदालत जनकपुरले जिल्ला अदालतले गरेको जन्मकैदको फैसला कम गर्दै साहलाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई शुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीरबहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।
साहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ । जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै ७ वर्ष मात्रै सजाय हुने फैसला भएको उच्च अदालत जनकपुरका रजिष्टार खडकराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ । यद्यपी सो मुद्दामा सजाय निर्धारण गरिएको छैन । यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए ।
२०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए ।
बम बिष्फोट घटनाको मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले पूर्व सांसद लाई जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला अदालतकै फैसलाअनुसार साह हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply