जनकपुर बम काण्डका योजनाकार सञ्जय साहको कैद उच्च अदालतले घटायोे
१८ असोज, जनकपुर । जनकपुर बम काण्डका मुख्य योजनाकारको अभियोगमा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको सञ्जय साह को फैसला उच्च अदालत जनकपुरले उल्ट्याई दिएको छ ।
उच्च अदालत जनकपुरले जिल्ला अदालतले गरेको जन्मकैदको फैसला कम गर्दै साहलाई ७ वर्ष मात्रै सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतको फैसलाविरुद्ध अभियुक्त साहले उच्च अदालत जनकपुरमा गरेको रिटमाथि सुनुवाई शुरु गर्दै आइतबार साँझ न्यायाधीशद्वय धीरबहादुर चन्द र मेश ढकालको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।
साहमाथि ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दा चलेको छ । जसमा ज्यान मार्ने उद्योगमा जिल्ला अदालतले गरेको जन्मकैदको फैसला उल्ट्याउँदै ७ वर्ष मात्रै सजाय हुने फैसला भएको उच्च अदालत जनकपुरका रजिष्टार खडकराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षडयन्त्र गरेर घटना गराएको अभियोगमा कसुरदार ठहर गरिएको छ । यद्यपी सो मुद्दामा सजाय निर्धारण गरिएको छैन । यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए ।
२०६९ साल वैशाख १८ गते मिथिला राज्यको मागगर्दै जनकपुरधामको रामानन्द चोकमा धर्ना बसेका नागरिकलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराइएको थियो। घटनामा पाँच जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए ।
बम बिष्फोट घटनाको मुख्य योजनाकार भएको अभियोगमा जिल्ला अदालत धनुषाले पूर्व सांसद लाई जन्मकैदको सजाय सुनाएको थियो । जिल्ला अदालतकै फैसलाअनुसार साह हाल काठमाडौंको नक्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । अभियुक्त साहलाई जनकपुरका सञ्चार उद्यमी अरुण कुमार सिंघानिया हत्यामा पनि धनुषा जिल्ला अदालतले जन्मकैद सजायको फैसला सुनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply