१८ आश्विन २०७८, सोमबार ०७:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सर्वोच्च बारका पदाधिकारीलाई प्रधानन्यायाधीशले भने– सरकारसँग कोटा मागेको कुरा झुटो हो
१८ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सरकारसँग आफूले कोटा मागेको कुरा पूर्णतया झुटो रहेको बताएका छन् । आज सर्वोच्च बारका पदाधिकारीहरूसँगको भेटमा उनले यस्ता हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।
प्रधानन्यायाधीश राणाले सरकारमा कोटा मागेको चर्चा चलेपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेका थिए । छलफलमा सर्वोच्च बारका पदाधिकारीले प्रधानन्यायाधीश समक्ष सरकारसँग कोटा माग गरिएको विषय प्रकाशमा आएको भन्दै प्रष्ट पार्न आग्रह गरेका थिए ।
जवाफमा प्रधानन्यायाधीश राणाले आफूले त्यस प्रकारको कुनै कुरा नगरेको प्रष्ट पार्दै यस विषयमा सर्वोच्च अदालतले नै चाँडै विज्ञप्तिमार्फत खण्डन गर्न लागेको जानकारी दिएको सर्वोच्च बारका एक पदाधिकारीले बताए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply