इच्छाराम तामाङसहित १२ जना पक्राउ : ७० करोड बढी ठगी आरोपमा उजुरी दिने १३० पुगे
१९ असोज, काठमाडौं । नेकपा एमालेका पूर्व सांसद इच्छाराज तामाङ मुख्य सञ्चालक रहेको सिभिल ग्रुपले ७० करोड रुपैयाँ बढी ठगी गरेको आरोपसहित १३० जनाले प्रहरीमा उजुरी दिएका छन् ।
यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई सोमबार दिउँसो काठमाडौंको सुुन्धाराबाट पक्राउ गरेर हिरासतमा लिइसकेको छ । सोमबारसम्म ४४ करोड रुपैयाँ ठगी र हिनामिना गरेको दाबी प्रहरीले गरेको थियो । तर मंगलबारसम्म सिभिल ग्रुपले ७० करोड रुपैयाँभन्दा धेरै ठगी गरेको भन्दै १३० पीडितहरु सम्पर्कमा आएर उजुरी दिइसकेको सीआईबीले जानकारी दिएको छ ।
पीडितको उजुरीका आधारमा सिभिल बैंकका सञ्चालक समेत रहेका तामाङसहित १२ जना समातिएका हुन् । पक्राउ पर्नेहरुमा तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका सञ्चालक र कर्मचारी समेत छन् । त्यस्तै सीआइबीले सिभिल होम्सका प्रबन्धक र केही कर्मचारीहरुलाई पनि पक्राउ गरेको छ ।
तामाङसहित ती १२ जनाले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको ग्राहकको करोडौं निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ । सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङसहितलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताउँदै सयौं पीडितहरु धमाधम सम्पर्कमा आइरहेको बताएका छन् ।
पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थानका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवान बहादुर सिंह रहेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply