मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताको वैठक
२१ असोज, काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा कांग्रेसलाई ७, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४–४ मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुनः गठबन्धनको बैठक बसेको हो । गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।
माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले पनि विहीबार मध्यान्ह बसेको स्थायी कमिटीले नाम टुंगो लगाएको छ । उता जनता समाजवादी पार्टी (जसपा) ले मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ । अहिलेको बैठकमा केही मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ । गठबन्धनबीचमा कुन दलले कुन कुन मन्त्रालय लिने समझदारी भए पनि केही मन्त्रालयका विषयमा एकीकृत समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply