इच्छाराज तामाङमाथि १८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
७ कात्तिक, काठमाडौं । पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि हालसम्म १,१४७ जाहेरी र चार अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लागेको छ । यो क्रम जारी रहेको छ ।
उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि सीआईबीले पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले जानकारी दिए । पीडितहरु आफ्नो निक्षेप फिर्ता पाउन विभिन्न निकायमा धाइरहेका छन् । प्रहरीसँग गुहार मागिरहेका छन् । तर आश्वासन बाहेक विश्वास गर्ने आधार पाउन असफल छन् ।
हामीले बागमती प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाका रजिष्टार विक्रमप्रसाद पाण्डेले निक्षेपको सुरक्षाका विषयमा जिज्ञासा राख्दा पैसा फिर्ता आउने तर कसरी आउँछ भन्नेमा यकिन नरहेको बताए । तामाङ्गले सहकारीको ७ अर्ब बढी रकम पटक–पटक नियम बिपरित बिना धितो ऋण निकाल्दै आफू अनुकूलको व्यवसायमा लगानी गरेका थिए ।
उक्त सहकारीमा रकम राख्ने निक्षेपकर्ताहरुमध्ये अधिकांश जागिरबाट अवकाश पाइसकेकाहरु छन् । सहकारीमा सन्चित रकम सन्चयकोष र उपदान बापत प्राप्त रकम हो । भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरुको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरुको सामूहिक प्रयास आवश्यक छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply