इच्छाराज तामाङमाथि १८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

७ कात्तिक, काठमाडौं । पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि हालसम्म १,१४७ जाहेरी र चार अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लागेको छ । यो क्रम जारी रहेको छ ।
उनीमाथि अनुसन्धान गर्न थप १८ दिन हिरासत राख्ने अनुमति अदालतले दिएको छ । तामाङमाथि संगठित अपराधमा अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ । ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई दुई हप्ताअघि सीआईबीले पक्राउ गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले जानकारी दिए । पीडितहरु आफ्नो निक्षेप फिर्ता पाउन विभिन्न निकायमा धाइरहेका छन् । प्रहरीसँग गुहार मागिरहेका छन् । तर आश्वासन बाहेक विश्वास गर्ने आधार पाउन असफल छन् ।
हामीले बागमती प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको सहकारी महाशाखाका रजिष्टार विक्रमप्रसाद पाण्डेले निक्षेपको सुरक्षाका विषयमा जिज्ञासा राख्दा पैसा फिर्ता आउने तर कसरी आउँछ भन्नेमा यकिन नरहेको बताए । तामाङ्गले सहकारीको ७ अर्ब बढी रकम पटक–पटक नियम बिपरित बिना धितो ऋण निकाल्दै आफू अनुकूलको व्यवसायमा लगानी गरेका थिए ।
उक्त सहकारीमा रकम राख्ने निक्षेपकर्ताहरुमध्ये अधिकांश जागिरबाट अवकाश पाइसकेकाहरु छन् । सहकारीमा सन्चित रकम सन्चयकोष र उपदान बापत प्राप्त रकम हो । भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरुको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरुको सामूहिक प्रयास आवश्यक छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply