प्रदेश–१ को मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेसको माग
७ कात्तिक, मोरङ । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताएका छन् ।
सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, वागमतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।
मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज प्रदेशसभा बैठक बोलाएका छन् । तर, बैठक रोक्न माग गर्दै कांग्रेस र नेकपा (एमाले) ले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । ‘फ्लोर क्रस’ गर्ने सूचना आएपछि अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा कांग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने उनले बताए ।
यद्यपि उनले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे । उनले भने, ‘हामी गठबन्धनप्रति प्रतिवद्ध छौं, एमाले नेतृत्वको सरकारलाई जोगाउन हामी कुनै पनि प्रकारको भूमिका निर्वाह गर्ने छैनौं ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply