प्रदेश–१ को मुख्यमन्त्रीमा आलोपालो गर्न कांग्रेसको माग

७ कात्तिक, मोरङ । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताएका छन् ।
सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, वागमतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।
मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज प्रदेशसभा बैठक बोलाएका छन् । तर, बैठक रोक्न माग गर्दै कांग्रेस र नेकपा (एमाले) ले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । ‘फ्लोर क्रस’ गर्ने सूचना आएपछि अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा कांग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने उनले बताए ।
यद्यपि उनले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे । उनले भने, ‘हामी गठबन्धनप्रति प्रतिवद्ध छौं, एमाले नेतृत्वको सरकारलाई जोगाउन हामी कुनै पनि प्रकारको भूमिका निर्वाह गर्ने छैनौं ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply