विवेकशील साझा पार्टीको पाण्डे समूह नेकपा (एस) मा प्रवेश गर्ने तयारी
११ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ ।
यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ । नेकपा एमालेमा विद्रोह गरी भदौमा एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले पाण्डे समूहलाई भित्र्याउन छलफल अगाडि बढाएको बुझिएको छ ।
हिजोको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारेका छन् । उनले भने, माधव नेपालले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राख्नु भएको हो । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं । आफ्ना अनुभवलाई आदानप्रदान गरेर नयाँ दिशा दिने प्रयासमा छौं । नयाँ सम्भावनाको खोजी गर्न कुरा चलि नै रहन्छ ।
नेपालमा एक जनाले मात्र चाहेर नहुने भन्दै प्रणालीमै परिवर्तन आवश्यक रहेको नेपालले पाण्डेको टोलीसँग अनुभव सुनाएका थिए । ‘हामीले नयाँ प्रयत्न गर्दैछौं । यी पुराना मान्छेहरु सबैले परिणाम निकाल्न सकेन भन्ने तपाईंहरुलाई लाग्दो हो । हामीले चाहँदा चाहँदै पनि कतिपय काम हुन सकेनन् । यो देशमा एकजना व्यक्तिले चाहेर मात्र हुँदैन रहेछ । प्रणालीलाई बल्नुपर्ने रहेछ,’ नेपालको भनाइ थियो ।
नेपालले आफ्ना कुरा राखेपछि उनीहरुका कुरा पनि सुनेका थिए । एकीकृत समाजवादीले वैकल्पिक राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्ने उनीहरुको भनाइ थियो ।
अहिलेको अवस्थामा एकीकृत समाजवादीले नेपाली राजनीतिमा नयाँ खाले कुनै अपिल गरेको म देख्दिनँ भनेर मैले उहाँलाई भनें । एकीकृत समाजवादीले अपिल गर्नुपर्छ । वैकल्पिक र समाजवादी राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्छ भनेर हामीले उहाँलाई पृष्ठपोषण दियौं ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply